प्याब्सनको १७ औं जिल्ला सम्मेलन

साझाकुरा
२०७८ पुष १३, मंगलवार ११:२०

हेटौंडा-निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मकवानपुरको १७ औं जिल्ला सम्मेलन तथा ८ औं अधिवेशन सोमबार भएको छ । प्याब्सन मकवानपुरका कार्यबाहक अध्यक्ष बिनोद सुबेदीको अध्यक्षता तथा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्मेलन भएको हो ।  प्याब्सनको विकासमा योगदान पु¥याएको भन्दै आशिष श्रेष्ठ, मदनकुमार दाहाल, विष्णुप्रसाद अधिकारी, बद्री पुडासैनी, गणेशकुमार श्रेष्ठ, मातृकाप्रसाद ढुंगाना र केशवलाल श्रेष्ठलाई सम्मान गरिएको छ । यस्तै, निजी विद्यालयका शिक्षकहरु शशिकला घिमिरे, निर्मल पराजुली, तारा खड्का कार्की, सरोज यादव, सरस्वती पौडेललाई नगदसहित सम्मान गरिएको छ । यस्तै, विद्यालय कर्मचारी तर्फ डम्बरबहादुर मगर र जगन्नाथ ढुंगानालाई सम्मान गरिएको छ । कार्यक्रममा मकवानपुरको ३ जना सञ्चारकर्मीहरुलाई सम्मान गरिएको छ । सम्मान हुनेमा रेडियो मकवानपुरकी संवाददाता सम्झना रिजाल, रेडियो थाहा सञ्चारकी सिर्जना नेपाल र नागरिक दैनिकका मकवानपुरका संवाददाता अशोक सुजन श्रेष्ठ रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*