समानुपातिक विज्ञापन वितरण गर्न महासंघको आग्रह

साझाकुरा
२०७८ पुष १३, मंगलवार ११:२६

हेटौंडा-नेपाल पत्रकार महासंघ मकवानपुरले जिल्लास्थित सञ्चारमाध्यमहरुलाई समानुपातिक विज्ञापन वितरण गर्न आग्रह  गरेको छ । उद्योग संघ मकवानपुर र मकवानपुर उद्योग वाणिज्य संघसँग महासंघले सोमबार छलफल गर्दै समानुपातिक विज्ञापन वितरण गर्न आग्रह गरेको हो । हेटौंडामा रहेका राष्ट्रिय बहुराष्ट्रिय उद्योगले काठमाडौंका सञ्चार गृहलाई मात्रै विज्ञापन दिने गरेको भन्दै स्थानीय स्तरमा सञ्चालित सञ्चारमाध्यमलाई पनि विज्ञापन उपलब्ध गराउन आग्रह गरिएको हो ।

यहाँका उद्योगहरुले स्थानीय मिडियालाई विज्ञापन दिन चासो नदिएको भन्दै यस्तो प्रवृत्तिको अन्त्य गरी सवैलाई समानुपातिक ढंगबाट विज्ञापन वितरण गरिनुपर्ने माग महासंघले राखेको हो । स्थानीय स्तरमा सञ्चालित उद्योगहरुले पहिलो प्राथमिकतामा मकवानपुरका मिडियालाई विज्ञापन उपलब्ध गराउनु पर्ने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले बताए । उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोख्ररेलले हेटौंडाका सबै उद्योगहरु मिडियामैत्री हुन चाहेको प्रतिक्रिया दिएका छन् । । त्यसका लागि पत्रकारबाट सदैब सकरात्मक समाचारको अपेक्षा उद्योग संघले  गरेको उनले बताए । हेटौंडाका औद्योगिक विकास र सञ्चार माध्यमको उत्थानका लागि संघले भूमिका खेल्ने अध्यक्ष पोख्रेलले धारणा राखे ।

अध्यक्ष पोखरेलले उद्योगले उत्पादन गरेका बस्तुको समाचार प्रकाशन र प्रशारण गरिदिए त्यसले विज्ञापनको भन्दा ठुलो भूमिका खेल्ने दाबी गरेका छन् । यसो गर्दा उद्योगले पनि विज्ञापन दिनुपर्ने उनको भनाईछ ।  संघका वरिष्ठ उपाध्यक्ष स्वागतराज प्याकुरेलले नकारात्मक समाचारको मात्रै चर्चा–परिचर्चा भैरहदाँ त्यसले मझौला उद्योगहरुलाई समेत प्रभाव पारिरहेको बताएका छन् । उनले औद्योगिक क्षेत्रभित्रका सकरात्मक समाचारलाई बढीभन्दा बढी प्राथमिकता दिनुपर्ने बताए । महासंघले सोमबार नै समानुपातिक विज्ञापन वितरणको सम्बन्धमा मकवानपुर उद्योग वाणिज्य संघसँग छलफल गरेको थियो । मउवा संघका अध्यक्ष कृष्णकुमार गुप्ताले केही समयदेखि मिडिया र संघबीच मिडियामैत्री वातावरणमा कमी देखिएको बताएका छन् । उनले अनलाइन मिडियाहरु धेरै भएका कारण विज्ञापन
वितरणमा समस्या सिर्जना भएको बताए ।

‘अनलाइन मिडिया  धेरै भएकाले एउटालाई दिने र अर्कोलाई नदिने भन्ने विवाद चर्किँदा विज्ञापनमा खासै जोड्न गर्न नसकिएको हो ।,’ अध्यक्ष अग्रवालले भने । एकद्वार प्रणालीबाट विज्ञापन बाँडफाँड गर्दा सहज हुने बताए । संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष उज्वल चौलागाईं र महासचिव दिपक उप्रेतीले स्थानीय मिडियामा समानुपातिक विज्ञापन वितरणका लागि छलफल गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*