तीन दिनमा ‘मिस मकवानपुर’को फाइनल

साझाकुरा
२०७८ पुष १३, मंगलवार ११:३०

हेटौंडा-‘मिस मकवानपुर’ सौन्दर्य प्रतियोगिताको फाइनल तीन दिनपछि हेटौंडामा तय भएको छ । १५ पुसमा  मिस मकवानपुरको फाइनल हुन लागेको हो । मिस मकवानपुरको तेस्रो संस्करण कलिउड सुपर डान्स एण्ड फिटनेस प्रालीले गर्दैछ । आयोजक कम्पनीका अध्यक्ष सुजन श्रेष्ठले मिस मकवानपुरको फाइनलमा १८ जनाले प्रतिस्पर्धा गर्ने जानकारी दिएका छन् ।  १ मंसिरमा २७ जनाले भाग लिएको अडिसनबाट १८ जना छानिएका थिए । फाइनल प्रतिस्पर्धी मनहरी गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र तराई क्षेत्रका रहेको श्रेष्ठले बताए । उनका अनुसार मकवानपुरसहित छिमेकी जिल्लाबाट प्रतियोगितामा सहभागिता जनाइएको थियो ।

फाइनलमा छनौट भएका १८ जनाले ५ मंसिरदेखि प्रशिक्षण लिएका थिए । आयोजकले सहभागी शुल्क ५ हजार तोकेको श्रेष्ठले  बताए । मिस मकवानपुरको फाइनल सम्म करिब १५ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।  प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले चादीँको ताज सहित नगद एक लाख, दुई रात तीन दिनको स्वेदश भ्रमण, फिटनेसका निःशुल्क प्रशिक्षण सेवाका साथै थुप्रै पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए । दोस्रो हुनेले नगद ५० हजारसहित फोटो सुट, दुई रात तीन दिनकोको स्वेदश भ्रमण र आकर्षण पुरस्कारहरुका पाउने छन् ।

तेस्रो स्थान ओगट्ने प्रतिस्पर्धीले नगद २५ हजारसहित फोटो सुट, दुई रात तीन दिनको स्वेदश भ्रमण प्याकेज र अन्य पुरस्कारहरु पाउने आयोजकले जनाएको छ । मिस मकवानपुरलाई रोहिनी हाउजिङ एण्ड सप्लायर्स प्रालि, स्वस्तिक डेभ्लपर्स प्रालि र वरदान हाउजिङ एण्ड रियल स्टेट प्रालिले मुख्य प्रायोजन गरेको श्रेष्ठले जानकारी दिएका छन् ।  हेटौंडा स्कुल अफ म्यानजमेन्ट सहप्रायोजक छ । निर्णायकहरु मिस युनिभर्स नेपालका सेकेण्ड रनरअप रक्षा उप्रेती, नायक विनोद न्यौपाने, चलचित्र निर्माता कृषा चौलागाईं र नायिका सरिता गिरी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*