कौडा खेलिरहेका आठ जना प्रहरीको फन्दामा

साझाकुरा
२०७८ पुष १३, मंगलवार ११:४०

हेटौंडा-मकवानपुर प्रहरीले कौडा खेलिरहेको अवस्थामा आइतबार आठ जनालाई पक्राउ  गरेको छ ।  जिल्लाको बकैया गाउँपालिका–९ बैरुङ्दमारस्थित खुल्ला चौरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६  वर्षीय दावा लामा बम्जनसहित ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  प्रहरीका अनुसार, उनीहरुलाई उक्त चौरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फापरबारी, वडा प्रहरी कार्यालय हेटौंडा र प्रहरी चौकी हात्तिसुँडेबाट खटिएको प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।  प्रहरीले उनीहरुको साथबाट नगद ६७ हजार ६ सय ३५ रुपैयाँ र कौडा बरामद गरेको छ । पक्राउ परेका उनीहरु माथि आवश्यक अनुसन्धानका साथै कानूनी कारवाहीको प्रकृया अगाडि बढाइएको जनाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*