दिव्यताराद्वारा सहमहामन्त्री र राज्यमन्त्रीलाई स्वागत
हेटौंडा-देशभरमै चर्चित हेटौंडा–२ स्थित दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाले नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित महालक्ष्मी उपाध्याय डीना र बागमती प्रदेश भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजालाई स्वागत सम्मान गरेको छ । m सहकारी संस्थामा एक कार्यक्रमका बीच सहकारी संस्थाकी अध्यक्षसमेत रहेकी डीनालाई स्वागत सम्मान गरिएको हो । त्यसैगरी सहकारी संस्थाका शेयर सदस्य प्रजालाई पनि सहकारीले स्वागत सम्मान गरेको छ । प्रजा राज्यमन्त्री हुन् । स्वागत सम्मान कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाका निवर्तमान सभापति आनन्दराम पराजुली, सहकारी संस्थाका उपाध्यक्ष डा.गणेश बल लामा, सचिव गणेश प्रसाद भेटवाल, सदस्यहरु निलम बजगाई, लक्ष्मी श्रेष्ठ, सर्मिला डंगोल, सहकारी संस्थाको व्यवस्थापक रमेश कोइराला लगायत संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।







