प्याब्सन मकवानपुरको नेतृत्वमा सुवेदी चयन
हेटौंडा-नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मकवानपुरको अध्यक्षमा बिनोद सुवेदी सर्वसम्मत चयन भएका छन् । सोमबार सम्पन्न १७ बार्षिक साधारणसभा र ८ औं जिल्ला अधिवेशनले सुवेदीको नेतृत्वमा कार्यसमिति चयन गरेको हो । यसअघि सुवेदी कार्यबाहक अध्यक्ष थिए । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा राजकुमार नहर्की, उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा नविन केसी, कोषाध्यक्षमा विष्णुहरि सुवेदी, सहसचिवमा उपेन्द्र सुवेदी, सह कोषाध्यक्षमा रामबाबु सापकोटा सर्वसम्मत चयन भएका छन् । प्याब्सनको खुल्ला सदस्यहरुमा रमिता पाण्डे, केशवप्रसाद मुडभरी, भरत सापकोटा र गीता आचार्य चयन भएका छन् । पालिका सदस्यमा गोविन्द प्रसाद चौलागाई, ओमकुमार आले चयन भएको प्याब्सन मकवानपुरका पूर्व अध्यक्ष मदन दाहालले जानकारी दिए ।







