हेटौंडा जेसीजमा बर्तौला र कंसाकारको उम्मेदवारी

साझाकुरा
२०७८ पुष १५, बिहीबार ०९:२०

हेटौंडा-हेटौंडा जेसीजको वर्ष २०२२ को अध्यक्षका लागि २ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  निर्वाचन कार्यक्रम अन्तर्गत अध्यक्ष पदका लागि बर्तमान कार्यकारिणी उपाध्यक्ष पवनकुमार कंसाकार र महासचिव श्रवणकुमार बर्तौलाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयुक्त राजदेव बनियाँले जानकारी दिए ।  निर्वाचन आयुक्त बनियाँका अनुसार बुधबार बिहान ११ बजेदेखि साढे ११ बजेसम्म उम्मेदवारी दर्ता गराउने तालिका थियो । २ जना कार्यकारिणी उपाध्यक्षका लागि शिवकुमार श्रेष्ठ र संग्राम बल लामा सर्वसम्मत निर्वाचित हुने सम्भावना देखिएको छ ।

चार जना उपाध्यक्षहरुका लागि पनि चार जनाको मात्र उम्मेदवारी परेपछि सर्वसम्मत हुने देखिएको छ । उपाध्यक्षहरुमा महेश्वर अधिकारी, श्यामकृष्ण दहाल, संदिप जंग कार्की र अमित आचार्यले उम्मेदवारी दर्ता गरेका छन् ।  अध्यक्ष पदका लागि मात्र चुनाव हुने भएको छ । अध्यक्षका कुनै पनि उम्मेदवारमाथि दाबी  बिरोध नपरेको र उम्मेदवारले नाम फिर्ता नलिएकाले अध्यक्ष पदमा मात्र चुनाव हुने निर्वाचन आयुक्त बनियाँले बताए । मतदान आज बिहीबार दिउँसो १ बजेबाट सुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*