महिला समितिको उपसभापतिमा पाठक

साझाकुरा
२०७८ पुष १५, बिहीबार ०९:२९

हेटौंडा-मकवानपुर उद्योग वाणिज्य संघ अन्तरगत महिला उद्यम विकास समितिको उपसभापतिमा मुना पाठक कठायत चयन भएकी छन् ।  समितिको पद हस्तान्तरण कार्यक्रममा पदाधिकारी विस्तारसमेत गर्दै पाठक उपसभापति बनेकी हुन् । उनी किराना तथा कोल्ड स्टोर्स सञ्चालक हुन् । समितिको कोषाध्यक्षमा सुनिता हाडा र सचिवमा रिना गौतम चयन भएका छन् । संघमा निर्वाचित महिला सदस्यबाट सभापति चुन्ने व्यवस्था अनुरुप संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले अंकिता सुमार्गीलाई समितिको सभापति बनाएका थिए । निवर्तमान सभापति निलम वैद्यले सुमार्गीलाई पद हस्तान्तरण गर्दै समितिको पदाधिकारी तथा सदस्य विस्तार  गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*