शिक्षकको हकहितका लागि म लड्दै आएकी छुः डिना

साझाकुरा
२०७८ पुष १६, शुक्रबार १२:२१

हेटौंडा-नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले शिक्षकको हकहितका लागि आफु विभिन्न कालखण्डमा लड्दै आएको बताएकी छन् ।  बिहीबार नेपाल शिक्षक संघद्वारा आयोजित स्वागत सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री डीनाले शिक्षकको हकहितका लागि आफूले संघर्ष गर्दै आएको र अmभैm संघर्ष गर्ने तयार रहेको दाबीसमेत गरिन् ।  उनले नेपाली कांग्रेसको अधिवेशन सम्पन्न गर्न सहयोग  गरेकोमा शिक्षक संघलाई धन्यवाद समेत दिइन् । मकवानपुर जिल्लाले नेपाली कांग्रेसको प्रदेश अध्यक्ष, केन्द्रमा सहमहामन्त्री तथा प्रदेशमा मन्त्रीसमेत पाउनु गौरवको कुरा भएको भन्दै पार्टीको नीतिगत तहमा आफूले ठुलो संघर्ष गरेको र अब सहमहामन्त्री भएपछि अझ संघर्ष बाँकी रहेको बताइन् ।

पार्टीलाई अझ समावेशी बनाउन आफू लागिपर्ने भनाइ थियो । बागमती प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर प्रजाले शिक्षक संघले पार्टीलाई मार्गदर्शन गरिरहेको धारणा राखे । उनले कांग्रेसकै नीतिअनुसार शिक्षा नीति बनेको बताउँदै शिक्षाका क्षेत्रमा गर्नुपर्ने कामका बारेमा सुझाव दिन शिक्षक संघलाई आग्रह गरे ।  शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष रामसागर  गुरागाइँ, प्रजातान्त्रिक कानुन व्यवसायी संघका अध्यक्ष केशव कुमार काफ्ले नेपाल शिक्षक महासंघ मकवानपुरका सचिव राजु गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*