हेटौंडा जेसीजमा कंसाकारको नेतृत्व सर्वसम्मत
हेटौंडा-हेटौंडा जेसीजको बर्ष २०२२ का लागि अध्यक्ष पवनकुरमा कंसाकारको नेतृत्व सर्वसम्मत चयन भएको छ । १० वर्षपछि हेटौंडा जेसीजमा सर्वसम्मत नेतृत्व चयन भएको हो । अध्यक्षमा उम्मेदवारी दर्ता गराएका अर्का प्रतिस्पर्धी श्रवणकुमार बर्तौलाले सहमतिमा कंसाकारलाई समर्थन गरेपछि उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।निर्वाचन आयुक्त राजदेव बनियाँले बिहीबार दिउँसो सर्वसम्मत अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षहरु घोषणा गरेका छन् ।
यसअघि सन् २०१२ का लागि कृष्ण कटुवाल सर्वसम्मत अध्यक्ष चयन भएयता मतदान प्रक्रिया बाट मात्र अध्यक्ष चुनिएका थिए । २ जना कार्यकारिणी उपाध्यक्षमा शिवकुमार श्रेष्ठ र संग्राम बल लामा र चार जना उपाध्यक्षका लागि महेश्वर अधिकारी, श्याम कृष्ण दहाल, संदिप जंग कार्की र अमित आचार्य सर्वसम्मत निर्वाचित भएका छन् ।







