बार्षिकोत्सवमा रक्तदान

साझाकुरा
२०७८ पुष १६, शुक्रबार १२:५७

हेटौंडा÷नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २६ औं बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।  सहकारीले बिहीबार  रक्तदान कार्यक्रमको आयोजना  गरेको हो । कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।  सहकारीका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षता तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण देवकोटाको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*