मनहरी होटल एसोसिएसनमा श्रेष्ठ चयन

साझाकुरा
२०७८ पुष १६, शुक्रबार १३:०१

हेटौंडा-मकवानपुर पश्चिमी व्यापारिक केन्द्र मनहरी गाउँपालिका होटल एसोसिएसनमा कृष्ण श्रेष्ठ सर्वसम्मत चयन भएको छ ।  एसोसिएसनको दोश्रो साधारणसभा तथा प्रथम अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएका हुन् । उपाध्यक्षमा चन्द्रमान श्रेष्ठ, सचिवमा लक्ष्मण गिरी सहसचिवमा बञ्चुराम थापा र कोषाध्यक्षमा शुन्दर श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा राजेश कर्माचार्य, लक्ष्मी खड्का, पर्वती सुवेदी, सागर स्याङ्तान र प्रकाश स्याङ्तानलाई चयन गरिएको निवर्तमान अध्यक्ष गणेशमान मनान्धरले जानकारी दिए । कार्यक्रम निवर्तमान अध्यक्ष मनान्धरको सभाध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*