राष्ट्रिय सभाको निर्वाचनका लागि अधिकृतको कार्यालय स्थापना

साझाकुरा
२०७८ पुष १६, शुक्रबार १३:१७

हेटौंडा-हेटौंडामा  राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बिहीबार हेटौंडा–५ स्थित बागमती प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।  बागमती प्रदेशको निर्वाचन अधिकृतमा जिल्ला अदालत मकवानपुरको मुख्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठ नियुक्तसमेत भएका छन् । माघ १२ मा हुने निर्वाचनमा राष्ट्रिय सभा सदस्यमा कार्यकाल सकिएका १९ जना मध्ये बागमती प्रदेशमा २ जना चुनिने छन् । एक महिला र एक खुलातर्फका सदस्य पदमा माघ १२ गते हेटौंडामा मतदान हुनेछ ।
कार्यालय उद्घाटनमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, प्रदेश निर्वाचन अधिकारी लुम्बनाथ पोखरेल, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ– लगायतको उपस्थित थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*