‘मानवीयता गुमाएर’ नयाँ नेतृत्व घोषणा

बस्तीपुर जेसीजमा विधिको शासन रहेन
साझाकुरा
२०७८ पुष १८, आईतवार १२:२३

हेटौंडा-व्यक्ति होइन, विधिको शासनमा निहित रहेर सेवाको भावना अनुरुप अघि बढ्ने जेसीजको मूल धारणालाई बिर्सिंदै बस्तीपुर जेसीजमा अमानवीय क्रियाकलाप अघि बढेको छ ।  मानवताको सेवा, भ्रातृत्व र बन्धुत्वको भावना विकास गर्ने पवित्र उद्देश्यले स्थापना गरिएको बस्तीपुर जेसीज हा“डीखोलाले शनिबार मानवीय संवेदनामाथि प्रहार गर्दै नया“ नेतृत्व चयन गरेसँगै विधिको शासन कुल्चिएको हो । विधान अनुसार शनिबार जेसीजमा नया“ नेतृत्व चयनका लागि ककस र मतदानको प्रक्रिया हुँदै  थियो । नेतृत्वका लागि गणेश अधिकारी र तेजप्रसाद उप्रेती  (रमेश) मैदानमा थिए । तर, शुक्रबार राति अधिकारीको सहोदर कान्छो भाइ सवारी दुर्घटनामा परी गम्भिर घाइते भएस“गै उपचारको क्रममा उनी हेटौंडाभन्दा बाहिर थिए ।

अधिकारी ककसमा उपस्थित हुन नसक्ने भएपछि सोही मौका छोप्दै शनिबार उप्रेती समूहले निर्वाचन स्थलमा नाराबाजी र हुलदंगा गरेर निर्वाचन आयुक्त तथा सन् २०२० का अध्यक्ष जयराम सुवेदीलाई धम्काएर आफूलाई अध्यक्षमा जबर्जस्ती चयन गर्न लगाएका छन् ।  ‘निर्वाचन आयुक्तविरुद्ध नाराबाजी गर्ने काम भयो । संस्थाका पूर्वअध्यक्षहरुले समेत मानवीय संवेदनलाई ख्यालमा राख्दै अर्को सूचना नभएसम्मका लागि निर्वाचन सार्न आग्रह गर्दा समेत वेवास्ता  गरियो ।’, संस्थाका पूर्वअध्यक्ष पुष्कल न्यौपानेले भने, ‘प्रजतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने जेसीजको विधानलाई नै चुनौती दिएर निर्वाचन आयुक्तमाथि सांघातिक हमला गर्ने चेतावनी दिएर नया“ नेतृत्व चयन भएको छ । यो मानवीय संवेदनाभन्दा बाहिर गएर गरिएको कार्य हो ।’

पूर्वअध्यक्ष न्यौपानले भने, ‘जेसीजमा पद प्राप्तिमात्र ठूलो विषय होइन । हामीले जेसीजको मूल्यमान्यता, मर्म र भाव अनुसार अगाडि बढ्न सकेनौं । यो गलत भयो । हामीले तत्काललाई निर्वाचन स्थगित गरेर अधिकारको भाइको स्वास्थ्य लाभको काम गर्नुपथ्र्यो । तर, मौका यही हो भनेर अबिरजात्रा गर्ने काम भयो । यो गलत भयो ।’, उनले भने ।  जबर्जस्ती नेतृत्व चयन गर्न बाध्य पारिएस“गै निवर्तमान अध्यक्ष तथा निर्वाचन आयुक्त सुवेदीले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूआबद्ध रहेको जेसीजको साधारण सदस्यबाट समेत राजीनामाको घोषणाा गरेका हुने । जनता समाजवादी पार्टी निकट मानिएका अध्यक्षमा निर्वाचित उप्रेतीको यस कदम प्रति चौतर्फीरुपमा विरोध भइरहेको छ ।

यस क्रियाकलाप बारे बर्तमान अध्यक्ष राजेश भेटवाल र संस्थापक अध्यक्ष गणेश भेटवालले कुनै आधिकारीक धारणा राखेका छैन । सामाजिक सञ्जालमा समेत यो विषय व्यापक भइरहँदा भेटवालद्वय मौन देखिएको छ । निर्वाचन रोक्ने बारे बर्तमान अध्यक्ष भेटवालले ‘द्विविधा युक्त’ तर्क राखेको बताइएको छ । घटनाक्रमबारे अध्यक्ष घोषणा गरिएका उप्रेतीले  साझाकुरालाई प्रतिक्रिया दिँदै आफु विधि÷विधान अनुसारनै अध्यक्ष भएको दाबी गरे । उनले आफु व्यस्तताका कारण निर्वाचन मिति पुसको अन्तिम साता धकेल्न अनुरोध गर्दा निर्वाचन आयुक्तले आफ्नो जोडबलमा शनिबारनै निर्वाचन गर्ने अडान कसेको र विधान अनुसार अध्यक्ष र कार्यकारिणी उपाध्यक्षको ककस बाँकी रहँदा मिति परिवर्तन गर्न नमिल्ने हुँदा आफु र आफ्नो समूहले विधि अनुसार अघि बढ्न जोड दिएको बताए । ‘यहाँ विधिप्रधान नभइ व्यक्ति प्रधानका साथ अघि बढ्न खोजियो ।’ उनले भने, ‘म विधिअनुसार प्रक्रियागत अध्यक्ष घोषणा भएको हुँ ।’
पत्रकार सम्मेलनमार्फत पूर्वअध्यक्षहरुको असहमति
बस्तिपुर जेसीज हाँडीखोलको वर्ष २०२२ को नेतृत्व चयन प्रति पूर्व अध्यक्षहले असहमति जनाएका छन् ।  सात जना पूर्व अध्यक्षहरुले शनिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै तेजप्रसाद उप्रेती (रमेश)लाई अध्यक्ष बनाइएको प्रक्रियाको विरोध गरेका हुन् । पूर्व अध्यक्षहरु दिपेन्द्रकुमार बर्तौला, बसन्तकुमार सिटौला, प्रेमप्रसाद बोलखे, विनोदकुमार बतौला, पुस्कल न्यौपाने, राममणि बर्तौला र सुनिल अधिकारीले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै नेतृत्व चयन प्रक्रिया प्रति असहमति जनाएका हुन् । अध्यक्षका अर्का उम्मेदवार गणेश अधिकारीका भाई मोटरसाइकल दुर्घटनामा परी  भरतपुर स्थित अस्पतालमा गम्भीर अवस्थामा उपचाररत रहेको अवस्थामा उप्रेतीलाई अध्यक्षमा निर्वाचित गरिएको थियो । निर्वाचन आयुक्तलाई चर्को दबाब दिएर उप्रेतीलाई अध्यक्ष बनाइएको भन्दै पूर्व अध्यक्षहरुले यो घटना मानवीयता विरुद्ध भएको टिप्पणी गरेका छन् । पूर्व अध्यक्ष दिपेन्द्रकुमार बर्तौलाले यो घटनाले मानवीयता नै हराएको पुष्टि भएको बताए ।

पूर्व अध्यक्ष सुनिल अधिकारीले यो कार्य अपराध भएको टिप्पणी गरे । ‘हामीले त निर्वाचन प्रक्रिया स्थगित गर्न नै अर्का अध्यक्षले आग्रह गर्नुहुनेछ भन्ने सोचेका थियौं,’ उनले भने,‘तर उहाँलाई यो अवसरको रुपमा आएको जस्तो लागेको रहेछ । यो कार्य अपराध हो । मानवीयता भन्ने विषय उहाँमा रहेनछ । अब हामीले कसरी त्यो जेसीजलाई सल्लाह सुझाव दिने ।’ ९० प्रतिशत भन्दा बढी सदस्यहरुको असहमति हुँदा हुँदै पनि जबरस्ती नेतृत्व चयन गरिएको भन्दै अर्का पूर्व अध्यक्ष बसन्तकुमार सिटौलाले यो प्रवृत्ति गलत भएको बताए । यो नेतृत्व चयन प्रक्रिया र नेतृत्वलाई नै मान्यता नदिन नेपाल जेसीजलाई आग्रह गरिने उनले बताए । आफूलाई दबाब दिएर गरिएको निर्वाचन प्रक्रिया प्रति असन्तुष्टि जनाएका निर्वाचन आयुक्त जयराम सुवेदीले सामाजिक सञ्जालबाट जेसीजको कुनै पनि पदमा नरहने घोषणा नै गरेका छन् । कार्यकारिणि उपाध्यक्षका उम्मेदवार विजय पौडेलको असहमतिमा प्रेम गोंबा र अमृत पाठकलाई कार्यकारिणि उपाध्यक्ष घोषणा गरिएको थियो । यो निर्वाचन प्रक्रियामा नै पूर्व अध्यक्षहरुले विरोध जनाएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*