रानी वनको २५ औं साधारणसभा सकियो
हेटौंडा-हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको अध्यक्षता तथा हेटौंडा वडा नम्बर ६ का वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा समूहका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले संस्थागत प्रतिवेदन, सचिव नानीमाया रुम्वाले समुहको प्रगति प्रतिवेदन, कोषाध्यक्ष गोमा लामिछाने चालु आर्थिक वर्ष २०७८÷०७९ का लागि करिव ६१ लाख ४३ हजारको अनुमानित आयव्यय विवरण, लेखा समितिका संयोजक श्यामकुमार श्रेष्ठले लेखा समितिको प्रतिवेदन र कार्यालय सचिव भीमसेन पौडेलले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा डिभिजन वन कार्यालय मकवानपुरका सहायक डिभिजन वन अधिकृत वसन्तराज गौतम, सव–डिभिजन कार्यालय हेटौंडाकी सहायक वन अधिकृत गायत्री शर्मा, फरेष्टर यदुनाथ
घिमिरे, फेकोफन बागमती प्रदेश सदस्य खडानन्द चौलागाई, जिल्ला दुग्ध उत्पादक सहकारी अध्यक्ष वासुदेव अधिकारी, फेकोफन मकवानपुर अध्यक्ष साधुराम चौलागाईलगायत विभिन्न वन समूहका अध्यक्ष तथा सदस्यहरुले मनतव्य व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकारसहित २१ जनालाई सम्मान गरिएको थियो ।







