वाद्र्धक्य वाङ्मय सम्मान तिमल्सिनालाई

साझाकुरा
२०७८ पुष १९, सोमबार १३:४६

हेटौंडा-बुढ्यौली साहित्य समाज मकवानपुरले वाद्र्धक्य वाङ्मय सम्मानबाट नवराज शर्मा तिमल्सिनालाई सम्मान गरेको छ ।  हेटौंडा–४ स्थित साहित्य संगमको सभाकक्षमा भएको कार्यक्रममा तिमल्सिनालाई २५ हजार नगदसहित सम्मान गरेको हो । बुढ्यौली साहित्यका अभियन्ता कृष्ण मुरारी गौतम (चट्याङ मास्टर) को प्रायोजनमा वाद्र्धक्य वाङ्मय सम्मानको स्थापना गरिएको हो ।
यस्तै बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालले स्वर्गीय पीता तोयानाथ रिजालको नाममा स्थापना गरेको स्मृति सम्मानबाट नवलपरासीका दुर्गा क्षेत्रीलाई २० हजार रुपैयाँ  गरिएको हो ।
प्रथम वाद्र्धक वाङ्मय सम्मान प्राप्त गर्ने तिमल्सिना नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष समेत हुन् उनका साहित्यिक कृतिहरु समेत प्रकाशित छन् । यस्तै तोयानाथ रिजाल स्मृति सम्मानबाट सम्मानित हुनुहुने दुर्गा क्षेत्री शारीरिक रुपमा अशक्त हुनुका बाबजुद साहित्यमा क्रियाशील हुन् । कार्यक्रममा दुर्गा क्षेत्री आफैं उपस्थित हुन नसके पछि उनका छोरा अंकित क्षेत्रीले पुरस्कार ग्रहण गरेका
बुढ्यौली साहित्य समाजको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बुढ्यौली साहित्यका लागि हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले १ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । यस्तै सीता शर्मा रिजालले पनि १ लाख रुपैयाँ दिने घोषणा गरेकी छिन् ।

यस्तै माधव रश्मि भण्डारीले ५ हजार रुपैयाँ, विन्दुगोपाल गोर्खालीले ५ हजार रुपैयाँ, सिस्नुपानी नेपाल मकवानपुरकी कोषाध्यक्ष शुभद्रा हुमागाईले ५ हजार रुपैयाँ सहयोग गरेका छन् । बुढ्यौली साहित्य समाज मकवानपुरका सचिव राजकुमार लामिछानेले जानकारी दिए । कार्यक्रममा बुढ्यौली साहित्य समाज चितवनका अध्यक्ष बाबुराम पाण्डेसहित बुढ्यौली साहित्य अभियानमा आवद्ध चितवन, भक्तपुर, सर्लाही, काठमाडौंमा,  रौतहटका साहित्यकारको पनि उपस्थिति रहेको थियो ।  कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*