हेटौंडाको २ सय ६ योजना सम्झौतामध्ये, ७४ वटा सम्पन्न

साझाकुरा
२०७८ पुष १९, सोमबार १३:५९

हेटौंडा -हेटौँडा उपमहानगरपालिकाको चालू आर्थिक वर्षको २०६ वटा पूर्वाधार विकास निर्माणका स्वीकृत योजनामध्ये ७४ योजना सम्पन्न भएको छ ।  सडक पूर्वाधारतर्फका ५६ र अन्य १८ वटा योजना सम्पन्न भएको हो । चालू आर्थिक वर्षको साउनदेखि हालसम्ममा ती योजना पूरा भएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । सम्झौता भई कार्यावन्यनमा रहेका धेरै योजना सम्पन्न हुने  चरणमा पुगेको र कतिपय योजना सम्पन्न भएर भुक्तानीको चरणमा छन् । उपमाहगपालिकको  गौरवका आयोजनाका रुपमा रहेको हेटौँडा वडा नं ४, ५ र ८ को मध्य भागमा रहेको कोर्रा करिडोर निमार्णको दोस्रो चरणको कार्य अगाडि बढाइएको, उपमहानगर क्षेत्रमा विगत ५ महिनामा आठ किलोमिटर स्ल्याब ढलान गरिएको, हेटौँडा  वडा नं– १० मा रहेको एकीकृत बस टर्मिनल निमार्ण भइरहेकाले कार्यप्रगति ४० प्रतिशतभन्दा बढी भइसकेको उनले बताए ।

वडा नं ८ मा रहेको चन्द्रोदय माविको चौरमा प्याराफिट निर्माण कार्य द्रुतगतिमा भइरहेको, जिल्ला समन्यय समिति तथा हेटौँडा खानेपानी व्यवस्थापन बोर्डसगँको समन्वयमा हेटौँडा वडा नं –१४ स्थित वनेलधाप कालोपानी खानेपानी योजनाको निमार्णकार्य अन्तिम  चरणमा रहेको, बागमती प्रदेश  सरकारको कार्यक्रमअन्तर्गत दुई वटा स्वीकृत आयोजनामा संझौताको अन्तिम चरणमा रहेको, बागमती प्रदेश सरकारबाट हस्तान्तरित सर्सत अनुदानको २९ वटा आयोजनामध्ये ८ वटा सम्पन्न भइसकेको, १६ वटामा सम्झौता भएको र बाँकी सम्झौताको अन्तिम चरणमा  रहेको बताइएको छ ।
उपमहानगरपालिकाको प्रत्येक वडा कार्यालयको आफ्नै भवन निर्माण गर्ने लक्ष्यअनुरुप वडा नं १४ को वकार्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेको र वडा नं७ को कार्यालय भवन निर्माणका लागि अघि बढाइएको जनाइएको छ । (रासस)

 

यसमा तपाइको मत

Your email address will not be published.


*