फेकोफनको १४ बुँदे घोषणा पत्र जारी
हेटौंडा-सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेशको नवौं पूर्ण बैठकले १४ बुँदे घोषणा पत्र जारी गर्दै सोमवार सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको समन्वयमा हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वनको सभाहलमा सम्पन्न भएको बैठकमा प्रदेशका अध्यक्ष विनोद सापकोटाले १४ बँुदे घोषणा पत्र जारी गरेका छन् । वन ऐन २०७६ को दफा १८(१) ले सामुदायिक वन समूहले आफनो वनपैदावारको मूल्य स्वन्त्रत रुपमा तोक्न पाउनु पर्ने, बागमती प्रदेश भित्रको सामुदायिक वनको अधिकार कटौती गरि मध्यवत्र्ती क्षेत्रभित्र सामुदायिक वनलाई समेटी आम उपभोक्ताको मानव अधिकार हनन गरेको, जनविरोधी बैज्ञानिक वन व्यवस्थापन,कार्यविधि संघिय सरकारले खारेज गरिसकेको सन्दर्भमा देशभरिको सामुदायिक वनलाई वन व्यवस्थापनको कार्यलाई सूचना गर्नेगरी सामुदायिक सहभागितामा वनको दिगो व्यवस्थापन प्रक्रिया तत्काल कार्यान्यवयनमा लानु पर्ने घोषणा पत्रमा भनिएको छ ।
यसैगरी नेपालको संविधानको अनुसुचि ९ बमोजिम वनसम्वन्धि तीनवटै तहका सरकारहरुको साझा अधिकार अन्तर्गत रहेको र संविधानको धारा ६० (१) अनुसार यसरी साझा सूचीमा परेका विषयमा कर लगाउने व्यवस्था नेपाल सरकारले मात्र गर्न पाउने भएकोमा उक्त संवैधानिक व्यवस्था विपरित बागमती प्रदेशको वन ऐन २०७६ को दफा ३८ मा सामुदायिक वनले काठ, दाउरा समूह बाहिर विक्री गरि प्राप्त







