चार ट्याक्टर प्रहरीको नियन्त्रणमा

साझाकुरा
२०७८ पुष २२, बिहीबार १०:४४

हेटौंडा-जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध रुपमा नदीजन्य उत्खनन् गर्ने ४ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।  बुधबार हेटौंडा उपमहानगरपालिका–१० स्थित राप्ती बाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको ४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका  प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए । उनका अनुसार, प्रहरीले ना. ७ त २९७०, ना. ६ त ४०४१ र २ वटा नम्बर उल्लेख नगरिएको ट्याक्टरले अबैध रुपमा नदीजन्य पदार्थ ग्राबेल उत्खनन् गरी लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको ती ट्याक्टरलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायका पाठउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*