सुनगाभामा न्यौपानेको नेतृत्व

साझाकुरा
२०७८ पुष २३, शुक्रबार १२:४८

हेटौंडा-हेटौंडा–६, चौघडामा रहेको सुनगाभा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः रामहरी न्यौपाने चयन भएका छन् ।  संस्थाको बुधबार भएको १७ औं साधारणसभाले न्यौपानेलाई पुनः अध्यक्षमा चयन गरेको हो । सहकारीको उपाध्यक्षमा साधुराम चौलागाईं, सचिवमा नारायणप्रसाद अधिकारी र कोषाध्यक्षमा रामहरि चौलागाई चयन भएका छन् । कार्यसमिति समिति सदस्यहरुमा बासुदेव अधिकारी, धु्रवप्रसाद सञ्जेल, हिमाल पौडेल, पूर्णभद्र चौलागाईं, लक्ष्मी ढकाल, केशवप्रसाद चौलागाई र राजकुमार गौतम चयन भएका छन् ।  त्यसैगरी, लेखा  सुपरिवेक्षण समितिको संयोजकमा कुमारमणी दहाल, दुर्गाकुमारी सञ्जेल र गोपालराज भट्टराई चयन भएका १ सय १२ जना शेयर सदस्यहरु रहेको विद्यालयमा ६ सय विद्यार्थीहरु अध्ययनरत् छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*