फोनिज बागमती प्रदेशमा श्रेष्ठको नेतृत्व सर्वसम्मत
हेटौंडा-आदिवासी जनजाति पत्रकार महासंघ –फोनिज) वाग्मती प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ । पुष २१ र २२ गते हैटौंडामा भएको महाधिवेशनले युवराज श्रेष्ठको नेतृत्वमा २८ कार्यसमिति गठन गरिएको हो । यस्तै फोनिजको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष राजेश रुम्बा, उपाध्यक्ष (महिला) डोल्मा शेर्पा, महासचिवमा श्याम राना मगरलाई चयन गरिएको छ । सचिव सस्थागततर्फ राजु नापित, सचिव संगठन तर्फ शिशिर दोङ, कोषाध्यक्षमा शंकर श्रेष्ठलाई चयन गरिएको छ ।
दोस्रो महाधिवेशनले सदस्यहरु मिना श्रेष्ठ,कमला तामाङ (अस्मि),पासाङ शेर्पा,पुर्णबहादुर मगर(विशाल), उद्दवकुमार श्रेष्ठ, अर्बिन्द्रमान सिंह, सरोज लामा, पासाङ घिसिङ चयन भएका छन् । संस्थागत सदस्यहरुमा रबिन्द्र सिन्हाली मगर, दिक्की डोल्मा शेर्पा, फुर्वा तामाङ, सन्जय चौधरी, हिरालाल गुरुङ चयन भएको जनाइएको छ । महाधिवेशनले लेखा संयोजको जिम्मेवारी राजेन्द्र मानन्धरलाई दिइएको छ भने सदस्यहरुमा दोलख गुरुङ, राकेश चौधरी चयन भए ।
अनुशासन समिति संयोजक बाबुकाजी श्रेष्ठ हुनुहुन्छ भने सदस्यहरुमा रिदेन महर्जन,रसिया श्रेष्ठलाई चयन गरिएको छ । दोस्रो महाधिवेनले संघीय महाधिवेशन प्रतिनिधिमा पेमा लामा,पुर्णभक्त दुवाल र सम्झना श्रेष्ठलाई चयन गरिएको छ । दोस्रो महाधिवेशनमा १३ जिल्लाबाट २ सय भन्दा धेरै आदिवासी जनजाति पत्रकारहरुको सहभागीता रहेको थियो । नयाँ नेतृत्व चयनसंगै फोनिज बागमती प्रदेशको महाधिवेशन पनि सम्पन्न भएको छ । फोनिजले आदिवासी जनजाति पत्रकारहरुको हकहितको सवालमा आवाज उठाउँदै आइरहेको छ ।







