तरुण दल मकवानपुरद्धरा बाल पुनर्स्थापना केन्द्रलाई सहयोग
हेटौंडा / हेटौंडा–१४, मयुरधापस्थित अनाथ अपाङ्ग पुनस्र्थापना केन्द्रमा आश्रित बालबालिकाका लागि नेपाल तरुण दल मकवानपुरले खाद्यान्न सहयोग गरेको छ । केन्द्रमा आश्रित बालबालिकाको भरणपोषणमा समस्या भइरहेको जानकारी पाएपछि शुक्रबार तरुण दलले चामल, दाल, तेल, नुन, आलु, प्याजलगायतका खाद्यान्न सामग्री सहयोग गरेको हो ।
तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, उपाध्यक्ष निराजन बर्तौला, जिल्ला सदस्य एवम् कार्यक्रम संयोजक राजकुमार बास्तोलालगायतले केन्द्रका अध्यक्ष रामहरि कोइरालालाई करिब २५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । खाद्यान्न हस्तान्तरणपछि तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकलले केन्द्रलाई आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरे ।







