हावाहुरी र असिनापानीको क्षति विवरण संकलन गरिने
हेटौंडा-मनहरी गाउँपालिकाले जेठ ५ गते र ६ गतेको हावाहुरी र असिनापानीले पु¥याएको क्षति विवरण संकलन गर्न सुरु गरेको छ । मनहरी–३ ले आइतबार सूचना प्रकाशन गरी हावाहुरी र असिनापानीबाट भएको बालीनालीको क्षति बिवरण एक साताभित्र रितपूर्वक निबेदन दिन आग्रह गरेको हो ।वडाध्यक्ष अनन्तप्रकाश अर्यालले कृषिउत्पादनमा किसानलाई सहयोग गर्नका लागि विवरण संकलन सुरु गरिएको जानकारी दिएका छन् । किसानले आफ्नो बालीमा क्षति पुगेको विवरण फोटोसहित एक साताभित्र वडा कार्यालयमा निबेदन दिनुपर्ने सूचनामा जनाइएको छ ।
यस्तै मकवानपुरगढी–५ ले पनि आफ्नो वडाबासीलाई हावाहुरी, असिनापानीबाट भएको क्षतिको विवरण संकलन गर्न सुरु गरेको छ । मकवानपुरगढी–५ का वडाध्यक्ष दीपेश दाहालले जेठ १५ भित्र आफ्नो टोलविकास संस्थामार्फत् क्षति विवरण टिपाउन सूचना जारी गरेका छन् । जेठको पहिलो सातामा मकवानपुरका बिभिन्न पालिकामा हावाहुरी र असिनापानीले कृषि उत्पादनमा ठूलो क्षति भएको छ ।







