कृषि विद्यार्थीलाई जुनेटिक रोगसम्बन्धी जानकारी

साझाकुरा
२०८० जेष्ठ २६, शुक्रबार १०:१६

हेटौंडा-जुनोटिक रोग चुनौतीका रुपमा देखापर्न थालेको छ । खानपानमा बदलाव र वातावरणमा आएको परिवर्तनका कारण जुनोटिक खालका रोग देखापर्न थालेसँगै भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र हेटौंडाको आयोजना तथा थाहानगर पशुविकास शाखाको समन्वयमा बिहीबार नगरको जनकल्याण माविमा कृषि बिषय अध्ययन गर्ने ९ र १० का विद्यार्थीसँग जुनोटिक रोगसम्बन्धी कार्यशाला गरिएको हो ।

पशुबाट मानिसमा र मानिसबाट पशुमा सजिलै सर्ने जुनोटिक रोग पशुको लसपस, दूध, दही, मासु र हावाको माध्यमबाट कसरी सर्ने गरेका छन् ? र यसवाट कसरी बच्न सकिन्छ ? भनेर कृषिका विद्यार्थीलाइ जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रमका समन्वयकर्ता तथा नगरका पशु प्राविधिक रुपेशकुमार मिश्रले जानकारी दिए । नेपालमा जनावरबाट मानिसमा सर्ने ६९ प्रकारका रोग पत्ता लागेको छ ।

पटके, तुहिने, छारे, टाईफाईड, रेबिज, बर्डफ्लु, दाद, फिरफिरे, जापनिज इन्सेफलाइटिस, क्षयरोग, फित्ते जुका, इन्फुलन्जा, ट्राइकिभेला, ब्रसेल्ला, लिष्टेरिया, विएसइ सर्कोसिसलगायत दर्जनौँ रोग पशुबाट मानिसमा सर्ने रोगको बारेमा विद्यार्थीलाई जानकारी दिएको जिल्ला पशुसेवा बिज्ञकेन्द्रका प्रमुख डा. प्रभात न्यौपानेले बताए ।
उनका अनुसार पशुबाट मानिसमा ६० प्रतिशत रोग सर्ने गरेका छन् ।

यस्ता रोगको ७० प्रतिशत स्रोत नै पत्ता लागेको छैन । ७० प्रतिशत रोग व्यापारका माध्यमबाट र अन्तरराष्ट्रिय पशुको व्यापारबाट मात्रै ७७ प्रतिशत रोग मानिसलाई सर्ने गरेको पाइएको छ । काटेको मासुलाई राम्ररी नपकाइ खाँदा, दूधलाई नउमाली खाँदा र हावाको माध्यमबाट समेत जुनोटिक रोग सर्ने गरेका छन् । छाडा चौपाया छाड्ने कार्यले पशुबाट मानिसमा सर्ने रोग महामारीका रुपमा अगाडि आउन सक्ने सम्भावना बढेको प्रमुख न्यौपानेले बताए ।

रेबिजबाट मात्रै विश्वमा ५५ हजार मानिसले वर्षेनी ज्यान गुमाउनु परेको छ । जसमध्ये एशियामा मात्रै ९५ प्रतिशतले ज्यान गुमाउने गरेका छन् । हात नियमित सफा गर्ने, व्यवस्थित पशुपालनमा जोड दिने, सागपात राम्ररी सफा गरी पकाएर मात्र खाने, आन्द्राभुँडी र मासुसँगै नमिसाउने, पटके (एक्कासि मरेको) मरेको जनावरको छाला काढ्ने र चिरफार नगर्ने शंका लागेको कुकुरले टोकेमा घाउ सफा गर्ने र खोप लगाउने गरे जुनोटिक रोगबाट केही हदसम्म बच्न सकिने पशु चिकित्सक डा. आभाष कोइरालाको भनाइ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*