जनप्रियका पूर्वविद्यार्थीद्वारा ६ थान फिल्टर प्रदान

साझाकुरा
२०८० जेष्ठ २९, सोमबार १०:२५

हेटौंडा- जनप्रिय मावि पूर्वविद्यार्थीहरुको संयोजनमा विद्यालयलाई खानेपानीका ६ वटा फिल्टर हस्तान्तरण गरिएको छ । प्रबेशिका व्याच २०६८ को समूहले विद्यालयलाई फिल्टर हस्तान्तरण गरेको हो । विद्यार्थी समूहका संयोजक रुपक विकको सभाध्यक्षाता तथा हेटौंडा उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

आफू पढेको समयमा विद्यालयमा पानीको व्यवस्थापन हुन नसक्दा विद्यालय नै बन्द गर्नुपरेको ती विद्यार्थीले स्मरण गरे । कम्तिमा आफ्नो कमाईबाट केही रकम छुट्याएर भएपनि शुद्ध पानी आपूर्तीका लागि त्यस्तो अभाव हुन नदिन पूर्वविद्यार्थीको यो समूहले फिल्टर हस्तान्तरण गरेको बताएको छ । प्रमुख अतिथि कोईरालाले पनि उनीहरुको यस्तो कार्य अत्यन्तै सकरात्मक रहेको धारणा व्यक्त गरे । सबैले आ–आफ्नो क्षेत्रबाट सकेको कार्य गर्ने हो भने देश विकासको गतिमा अगाडि बढ्न कसैले नरोक्ने पनि बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समित अध्यक्ष रमेशप्रसाद खतिवडाको विशेष आतिथ्यता रहेको थियो । अतिथिहरु व्यवस्थापन समिति सदस्य कृष्णप्रसाद पनेरु, विद्यालयका प्रअ भुपेन्द्र चौलागाई, जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख डा. विजय नेपाललगायतले शुभकामना व्यक्त गरेका थिए । पूर्वविद्यार्थी सन्जुला ढकालले स्वागत गरेको कार्यक्रममा प्रधानाध्यापक चौलागाईँले पूर्वविद्यार्थीहरु समग्र विद्यालयकै प्रतिविम्वन भएकोले उनीहरुको अभियानमा प्रतिवद्ताजनाउँदै आफ्नो तर्फबाट समेत १ थान फिल्टर थप गरिएको जानकारी दिए ।

क्याम्पस प्रमुख डा.नेपालले समेत थप १ थान फिल्टर सहयोग गरी विद्यालयलाई जम्मा ६ थान फिल्टर प्राप्त भएको हो । कार्यक्रममा विव्यस अध्यक्ष रमेशप्रसाद खतिवडाले आफ्ना सन्तान पनि यसै विद्यालयका पूर्वविद्यार्थी भएकाले १ थान फिल्टर आफ्नो तर्फबाट थप गर्ने घोषणा समेत गरे । करीब ५० जनाको उपस्थिति रहेको कार्यक्रमलाई पूर्वविद्यार्थी आशिष बास्तोलाले सहजीकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*