बसपार्क सञ्चालन कार्यबिधि पास

साझाकुरा
२०८० जेष्ठ २९, सोमबार १०:२७

हेटौंडा-थाहा नगरपालिका नगरकार्यपालिकाको आइतबारको बैठकले थाहा नगरपालिका वडा नं. ४ मा निर्माणाधीन थाहा बसपार्क संचालन तथा व्यवस्थापन कार्यविधि २०८० पारित गरेको छ । कार्यविधि पारित भएसँगै अन्यौलमा रहेको थाहा बसपार्क संचालनको बाटो खुला भएको प्रवक्ता हेरमान गोपालीले जानकारी दिए । कार्यबिधि अनुसार थाहा बसपार्क नगरपालिकाको मातहतमा रहने गरी नगरप्रमुखले सिफारिस गरेको ब्यक्तिको अध्यक्षतामा सात सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ । समितिमा एकजना सचिव, एकजना कोषाध्यक्ष रहनेछन् ।

समितिका सदस्यहरुमा नगरप्रहरी प्रमुख, यातायात व्यावसायीमध्येबाट एकजना, उद्योग वाणिज्य संघको तर्फबाट एकजना र उपभोक्ता मध्येबाट एकजना रहने व्यवस्था छ ।
बैठकले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको तयारीका लागि प्रत्येक वडामा टोल भेला गरी सुझाव संकलन गर्ने निर्णय गरेको प्रवक्ता गोपालीले जानकारी दिए । बैठकले बिपद् व्यवस्थापन कोष संचालन कार्यविधि २०८० र व्यापार व्यवसायसम्बन्धी कार्यविधि २०७७ लाई संशोधन समेत गरेको प्रवक्ता गोपालीले जानकारी दिए । बैठकले नगरभित्र निर्माण हुने घरको नक्सा पास कार्यविधि ल्याउने निर्णय गरेको छ ।

थाहा नगरपालिका भित्र निर्माण भैसकेका र निर्माणाधीन घरको नक्सा पास गर्नुपर्ने मापदण्ड अनुसार निर्माण भएका भवनको निर्माण सम्पन्न प्रमाणपत्र दिने, मापदण्ड बिपरीत निर्माण भएका घरलाई अभिलेखिकरण गर्ने, नयाँ बन्ने घरलाई भवन निर्माण सम्बन्धी कार्यविधि बनाई नक्सा पास भएपछि मात्र घर निर्माण गर्न आग्रह गर्ने र डीपीसी गरेर राखेको घरहरुको निर्माण प्रक्रिया पूरा गर्न सूचना जारी गर्ने निर्णय गरिएको कार्यपालिका सदस्य एवम् ३ नम्बर वडाअध्यक्ष हिरेन्द्रकुमार रायमाझीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*