संगमचोकमा एक जना मृत फेला
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–२ संगमचोकमा एक जना मृत फेला परेका छन् । आज सोमबार बिहान संगमचोकस्थित भत्किएको पुरानो घरको पेटीमा सुतेको ठाउँमा हेटौंडा–६ चौघडा बस्ने ५५ वर्षीय गोपी चौलागाई मृत फेला परेका हुन् । चौलागाई सोही क्षेत्रमा कवाडी उठाउने काम गरी हिँड्ने बुझिएको प्रहरीले जनाएको छ । शवलाई हेटौंडा अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।







