लागुऔषधसहित एक जना पक्राउ
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेक प्वाईन्टबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका–७ बस्ने अन्दाजी २३ वर्षीय बिबेक सापकोटा रहेका छन् ।
पूर्वपश्चिम सडकखण्ड अन्र्तगत बीरगंजबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ५६७७ नम्बरको यात्रुबाहक बसमा सवार सापकोटालाई चेकजाँच गर्दा लागुऔषध नाईट्राभेट ट्यावलेट १३ वटा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । लागुऔषध सहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।







