नेपाल कुरियर सेवा संघ बागमतीको अध्यक्षमा पाख्रिन

साझाकुरा
२०८० श्रावण १४, आईतवार १०:५७

हेटौंडा-नेपाल कुरियर सेवा संघ बागमतीको अध्यक्षमा विनोद बहादुर पाख्रिन चयन भएका छन् ।शनिबार हेटौंडामा सम्पन्न प्रथम बागमती प्रदेश अधिवेशनले मकवानपुरका पाख्रिनको अध्यक्षमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।समितिको उपाध्यक्षद्वयमा चितवनका अर्पणवावु सुवेदी र मकवानपुरका केदारनाथ गौतम, सचिवमा मकवानपुरका रामप्रसाद पुडासैनी, सहसचिवमा चितवनका श्रीभद्र खनाल तथा कोषाध्यक्षमा मकवानपुरका कर्णराज गौतम चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा सिन्धुलीका कपिलकुमार श्रेष्ठ, धादिङका प्रेमबहादुर नेपाल क्षेत्री, चितवनका प्रवल भट्टराई, आईत गुरुङ र मकवानपुरका दिपकप्रसाद खनाल चयन भएका छन् ।अधिवेशनले समितिको सल्लाहकारमा रामकृष्ण ढुंगानालाई चयन गरेको छ । नेपाल कुरियर सेवा संघको केन्द्रीय उपाध्यक्ष अनिलराज भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा केन्द्रीय उपाध्यक्ष सञ्जय मण्डल, केन्द्रीय सदस्य किरण थापा लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*