पेट्रोलियपदार्थको मूल्यवृद्धिविरुद्ध विरोध प्रदर्शन

साझाकुरा
२०८० भाद्र १८, सोमबार १५:२८

हेटौंडा- पेट्रोलियमपदार्थमा अस्वभाविक मूल्यवृद्धि भएको भन्दै सरकारविरुद्ध आइतबार साँझ हेटौंडामा विरोध प्रदर्शन भएको छ ।राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले सरकारले गरेको अस्वभाविक मूल्यवृद्धिविरुद्धमा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा मोटरसाइकल तथा स्कुटर सडकमा डो¥याइएको थियो । पेट्रोल, डिजेलको मूल्य आकाशिँदा सवारी साधन चलाउन नसकेको र एलपी ग्यासमा भारी मूल्यवृद्धि हुँदा सर्वसाधारणलाई खाना खान पनि मर्का परेको भन्दै युवा संघले सरकारको सडकबाटै ध्यानाकर्षण गराएको हो । एलपी ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्नलगायत अन्य उपभोग्य वस्तुहरुमा भइरहेको चर्को मूल्यवृद्धिमा पनि सरकार मुकदर्शक बनेको युवाहरुले आरोप लगाएका छन् ।

विरोध प्रदर्शनमा ‘पेट्रोलियमपदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर, महंगी र भ्रष्टाचार नियन्त्रण गर, ए सरकार र तेरो मूल्यवृद्धिले मेरो ढाड सेकियो, ए सरकार र जनता लुटिने कहिलेसम्म ?, दलालहरु होसियार, दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धि नियन्त्रण गर, आकाशिँदो महंगी नियन्त्रण गर जस्ता नारा लगाइएको थियो । युवा संघ मकवानपुरका अध्यक्ष लक्ष्मण उप्रेतीले मूल्यवृद्धि फिर्ता नलिए अझै सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी कोषाध्यक्ष नरेन्द्र भण्डारी, खेलकुद महासंघ बागमती प्रदेशका सचिव जेन श्रेष्ठले सरकारले पेट्रोलियमपदार्थसँगै खाद्यान्न, तरकारी लागतय दैनिक उपभोग्य वस्तुको पनि मूल्य बढाएको र आमउपभोक्ताको ढाड सेक्ने काम गरेको आरोप लगाए । मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*