अजरअम्मर रोडमा खुल्यो ‘डिलक्स शैलुन, पार्लर’
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–४ अजअम्बरोडस्थित सिग्मा भवनमा सुबिधासम्पन्न डिलक्स युनिसेक शैलुन तथा पार्लर खुलेको छ शुक्रबारबाट शैलुन पूर्णरुपमा सञ्चालनमा आउने छ ।डिलक्स शैलुन तथा पार्लरका सञ्चालक हरि चौलागाईं र सुभद्रा हुमागाईंले पत्रकार सम्मेलन गर्दै यसका बारेमा जानकारी गराए । एकै स्थानमा कपाल, दारी काट्ने, कपाल कलर गर्ने, ब्युटी पार्लरलगायतका सबै सेवा दिन लागिएको हो ।
हेटौंडामा मात्र नभएर नेपालमै फरक किसिमको नमूना शैलुन तथा पार्लर खोलिएको सञ्चालक चौलागाईले बताए । ६० लाख रुपैयाँ लगानीमा खोलिएको शैलुन तथा पार्लरमा १२ जनाले प्रत्यक्षरुपमा रोजगारी पाएको अर्का सञ्चालक हुमागाईंले बताइन् । यहाँको शैलुनमा एकैपटक ८ जनाले कपाल तथा दारी काट्न मिल्ने छ ।
त्यसैगरी ब्युटीपार्ललमा पनि एकै पटक ३ जनालाई राखेर सुरन्दरता बनाउन सकिने यहाँका सिनियर हेयर स्टाइलिस राजेश ठाकुरले बताए । यस शैलुन तथा पार्लरमा स्पेन तथा पेरीसका सामानहरु प्रयोग गरेर बिकसित देशमा जस्तैगरी फरक तरिकाले कपाल काट्ने, दारी काट्ने, कपालमा कलर गर्ने ठाकुरले बताए । कपाल काट्ने क्षेत्रमा २० वर्षदेखि काम गर्दै आएका ठाकुरको नेतृत्वमा अरुले पनि काम गर्नेछन् ।
त्यसैगरी व्युटीपार्लरमा भारतको नयाँदिल्लीबाट आएकी बन्दना सिंहले व्युटीसियनको काम गर्नेछन् । एड्भान्स मेसिनको प्रयोग गरेर छालाको गुणस्तर र सुन्दरतामा ध्यान दिइने सञ्चालक चौलागाईंले बताए । शैलुन तथा पार्लरबाट पैसा कमाउने भन्दा पनि आफ्नै ठाउँमा सेवा पनि दिने तरिकाले काम गर्न लागिएको उनले बताए । आम सेवाग्राहीलाई अन्यत्र भन्दा फरक र गुणस्तरीय सेवा दिनेगरी शुक्रबारबाट सेवा सुरु गरिने उनले बताए ।







