शक्तिखोरबाट सालका काठसहित तीनजना पक्राउ

साझाकुरा
२०८० आश्विन १०, बुधबार ०९:३९

हेटौंडा- हेटौंडामा कानुनविपरित सालको काठ काटिरहेको अवस्थामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।हेटौंडा उपमहानगरपालिका–१६ शक्तिश्वरबाट ३८ दशमलव २५ क्युफिट सालको चिरान काठसहित तीनजना पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा स्थानीय ५५ वर्षीय बालकृष्ण चौलागाई, ३८ वर्षीय नेत्रबहादुर मगर र ५३ वर्षीय धनबहादुर पुलामी रहेका छन् । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको टोलीले मंगलबार दिउँसो पौने १ बजे बालकृष्णको घर नजिकै बारीमा काठ काटिरहेको अवस्थामा उनीसहित नेत्र र धनबहादुरलाई पक्राउ गरेको हो ।

बालकृष्णको घर नजिकै बारीबाट सालको चिरान काठ र गोलाई २५ दशमलव २८ क्युफिट र उनको घरबाट १२ दशमलव ९७ क्युफिट काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । बरामद गरी काठसहित तीनै जनालाई नियन्त्रणमा लिएर सब डिभिजन बन कार्यालय हर्नामाडी, मकवानपुरमा पठाईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*