थाहाका जेष्ठ नागरिकको फोटो प्रदर्शनी हुने

साझाकुरा
२०८० आश्विन १३, शनिबार १२:३२

हेटौंडा-अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा असोज १३ गते शनिवार ललितपुरको पाटन दरवार परिसरमा जेष्ठ नागरिकको तस्वीर प्रदर्शनी गरिने भएको छ ।‘सबै पुस्ताका लागि जेष्ठ नागरिकको मानवअधिकार बारे बिष्वब्यापी घोषणामा गरिएका बाचाहरु पुरा गरौं’ भन्ने नाराका साथ राष्ट्रिय फोटोपत्रकार समूह र एजिङ नेपालको आयोजनामा नेपालका हिमाल पहाड र तराईका जेष्ठ नागरिकको तस्वीरहरु प्रदर्शनी गरिने आयोजकले बताएको छ ।

‘तस्बीरमा जेष्ठ नागरिक फोटो प्रदर्शन’ मा थाहा नगरका युवा फोटो पत्रकार गणेश बिष्टले खिचेका थाहा नगरका जेष्ठ नागरिकहरुको तस्बीरहरु पनि प्रदर्शनीमा राखिने भएको छ । फोटो पत्रकार बिष्ट फोटो प्रदर्शनी कार्यक्रमको कार्यक्रम संयोजक समेत हुन् ।कार्यक्रम संयोजक बिष्टले प्रदर्शनीका लागि देशभरका फोटो पत्रकारहरुले खिचेर पठाएका तस्वीरहरु मध्येबाट करिब १०० वटा तस्वीरहरु प्रर्दशनीमा राखिने बताए । हाल बिश्वमा जेष्ठ नागरिकको संख्या सबैभन्दा बढी रहेको अवस्थामा उनीहरुको सक्रिय जीवनशैलीलाई तस्वीरमा उतारेर प्रदर्शनीमा प्रस्तुत गरिनेछ ।

जेष्ठ नागरिकहरुको दैनिकी, मेहनत, सफलता, पारिवारिक खुसी, संघर्ष तथा सफलता झल्कने तस्वीरहरु प्रदर्शनीमा राखिनेछ । प्रदर्शनीमा राखिने तस्वीरले हालको नयाँ पुस्तालाई उत्साह, उमंग र जाँगर बढाउन मद्दत गर्ने आयोजकले जनाएको छ ।यस्ता तस्वीर प्रदर्शनीले देशका बिभिन्न स्थानका जेष्ठनागरिकको अवस्था अध्ययन गर्न र उनीहरुको नैराश्यता र दुःखीपन कमगर्न सहयोग गर्ने कार्यक्रम संयोजक बिष्टले बताए । राष्ट्रिय फोटो पत्रकार समूहले बिभिन्न संघ संस्थासँगको समन्वयमा बालबालिका तथा पर्यटन प्रवद्र्धनका फोटोहरु प्रदर्शन गर्दै आएको छ ।

संयुक्त राष्ट्रसंघको नेतृत्वमा अक्टोबर १ मा बिश्वभर अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउँदै आएको छ । राष्ट्रिय फोटो पत्रकार समूह देशभरका फोटो पत्रकारको साझा संस्था हो भने एजिङ नेपाल जेष्ठ नागरिकको हकहितका लागि कार्य गर्दै आएको गैरसरकारी संस्था हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*