सिद्धार्थ शिशुसदनमा नमूना निर्वाचन
हेटौंडा, १३ असोज÷ हेटौंडा उपमहानगरपालिका–५ स्थित सानोपोखरामा रहेको सिद्धार्थ शिशुसदन माविमा विद्यालय नमूना निर्वाचन भएको छ । विद्यालयको क्याप्टेन, भाइस क्याप्टेन, कक्षागत क्याप्टेन र भाइस क्याप्टेनको प्रतिस्पर्धा भएको थियो ।निर्वाचनमा स्कुल क्याप्टेनमा छात्रतर्फ असिम कुईंकेल २ सय १४ मत ल्याएर निर्वाचित भएका छन् भने छात्रातर्फ क्याप्टेनमा १ सय ७८ मत ल्याई प्रशंसा अर्याल निर्वाचित भएकी छन् । छात्र भाइस क्याप्टेनमा अग्रिम खड्का २ सय १७ मत प्राप्त गरी निर्वाचित भए ।
छात्रातर्फ प्रिति यादव ३ सय २० मत प्राप्त गरी निर्वाचित भएकी छन् । कक्षागतमा ब्लु हाउसका प्रमिश गुरुङ, कितार्थ ढोडारी, एल्लो हाउसबाट शुभम् कार्र्की र आशिका ढकाल लगायत विभिन्न हाउसबाट क्याप्टेन र भाइस क्याप्टेन चयन भएका थिए ।विद्यार्र्थीहरुलाई चुनावी प्रक्रिया सिकाउन कार्यक्रम आयोजना गरिएको विद्यालयका शिक्षक तथा कार्यक्रम संयोजक केदारनाथ न्यौपानेले जानकारी दिए । कार्यक्रम विद्यालयका प्रधानाध्यापक निर्मल पराजुलीको सभाध्यक्षतामा भएको थियो ।







