सुन्दर सावउसको २८ औं साधारणसभा

साझाकुरा
२०८० आश्विन १४, आईतवार ०९:०८

हेटौंडा- हेटौंडा उपमहानगरपालिका वडा नं. १ र २ स्थित सुन्दर सामुदायिक वन उपभोक्ता समूहको २८ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । समूहका अध्यक्ष खेम राना मगरको सभाध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय मकवानपुरका निमित्त डिभिजन वन अधिकृत बसन्तराज गौतमले उपभोक्ता आफैंले संरक्षण गरेको वनबाट उपभोक्ताहरुले पर्याप्त मात्रामा फाइदा लिन सकिरहेको खुलासा गरे ।

प्रमुख अतिथि गौतमले वन संरक्षणबाट जनताको समृद्धि सुनिश्चित रहेको भन्दै वन जोगाउन सबै उपभोक्ताहरु सक्रिय तरिकाले लाग्नुपर्ने बताए । उनले स्थानीय सरकार, प्रदेश र संघीय सरकारले वन तथा वातावरण संरक्षणमा सक्रियता देखाउनुपर्ने औल्याए । कार्यक्रममा सव–डिभिजन कार्यालय हेटौंडाका वन अधिकृत रामचन्द्र श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका वडा नंं. १ का अध्यक्ष सविन न्यौपाने, वडा नं. २ को अध्यक्ष विष्णुगोपाल महर्जन, सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला अध्यक्ष साधुराम चौलागाईं, नगर अध्यक्ष शम्भु न्यौपाने, समितिका लेखा संयोजक श्यामप्रसाद सुवेदी, उपाध्यक्ष निर्जला श्रेष्ठ लगायतले सामुदायिक वनको उचित संरक्षण गर्दै आम नेपाली नागरिकको सर्वा·िण विकासको लागि लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*