अधिकारकर्मी दाहाललाई ‘ईन्द्रबहादुर स्मृति सम्मान’

साझाकुरा
२०८० आश्विन १४, आईतवार ०९:१३

 हेटौंडा-बरिष्ठ मानवअधिकारकर्मी प्राध्यापक पुरुषोत्तम दाहाललाई हेटौंडामा सम्मानित गरिएको छ ।एमनेष्टी ईन्टरनेशनल समूह ६७ को २४ औं वार्षिक साधारसभा तथा १२ औं अधिबेशनको अवसरमा प्रा. दाहाललाई ईन्द्रबहादुर श्रेष्ठ स्मृति मानवअधिकार संरक्षण सम्मान २०८० बाट सम्मानीत गरिएको हो ।लामो समयदेखि पत्रकारिता, अध्यापन र मानवअधिकारका क्षेत्रमा सक्रिय प्राध्यापक दाहाल राजधानी दैनिकका संस्थापक सम्पादक थिए । संस्थाका संयोजक हेमन्तकुमार ढुँगेलको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका जिल्ला न्यायधीश राजेन्द्र अधिकारीले नगद १० हजार रुपैयाँसहित प्राध्यापक दाहाललाई सम्मानीत गरेका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय नेता डा. शोभाकर पराजुली, नेका मकवानपुरका सभापति बुद्ध लामा, जिल्ला बार एसोसियसनका अध्यक्ष अप्सरा बस्नेत, एमनेष्टी ईन्टरनेशनल समूह ६७ का सल्लाहकार उत्तम शर्मा ढकाल, ईन्द्रबहादुर श्रेष्ठ स्मृति मानवअधिकार संरक्षण कोषका अध्यक्ष बिजेन्द्र अग्रवाल, उपसंयोजक प्रकाश ढकाललगायतले बोलेका थिए ।

कार्यक्रममा संयोजक ढुँगेलले कार्यसमितिको प्रतिबेदन र कोषाध्यक्ष रघुनाथ खरालले आयब्यय प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रमका बक्ताहरुले नेपालको मानवअधिकारको क्षेत्र निराशाजनक रहेको बताएका थिए । एमनेष्टी अभियान स्वयम्सेवा मात्र भएकाले यसप्रतिको आकर्षण कम भएको तर, समाजसेवा गर्न चाहनेका लागि अवसर पनि रहेको बताइएको छ । सम्मानीत प्राध्यापक दाहालले सम्मानबाट प्राप्त रकम शान्ता फाउण्डेसनमा दान गर्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*