मकवानपुरमा आइतबार दुईजनाको मृत्यु

साझाकुरा
२०८० आश्विन १५, सोमबार ०९:२१

हेटौंडा-मकवानपुरको दुई पालिकामा आइतबार दुईजनाका मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–४ नारायणी पेट्रोल पम्प नजिक सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम सडक खण्डमा हाल सनाखत नभएको करिब ४५ बर्षीय पुरुष ब्यक्तिलाई सवारी साधनले ठक्कर दिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । पहिचान नभएको सवारी साधनले ठक्कर दिंदा उपचारर्थ हेटौंडा अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी, मकवानपुरको ईन्द्रशरोवर गाउँपालिका–२ देवटार बस्ने ५३ बर्र्षीय भीमलाल स्याङ्तान मृत अवस्थामा भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार उनी आफ्नै घरको कोठामा मृत अवस्थामा भेटिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*