गृहमन्त्री श्रेष्ठद्वारा मानवसेवा आश्रम मुख्य सेवाकेन्द्र निरीक्षण
हेटौंडा- नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले हेटौंडास्थित मानवसेवा आश्रम मुख्य सेवाकेन्द्रको निरीक्षण गरेका छन् ।यसअघि श्रेष्ठले मानव सेवा आश्रमको काठमाडौं सेवाकेन्द्र रानिवनको अवलोकन गर्दै आश्रितहरुलाई खाना खुवाएकाथिए । भ्रमणको क्रममा मानवसेवा आश्रमको सेवालाई थप उचाइमा पु¥याउने प्रतिवद्धता गरेका उनले सो लगतै मानवसेवा आश्रमका अध्यक्ष सहित अभियान्ताहरुलाई प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, गठबन्धन दलका शिर्षस्थ नेता र मन्त्रीपरिषदका सदस्यहरुसँग भेट गराएका थिए ।
भेटमा आश्रमले देशलाई २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणका लागि नेपाल सरकारको तर्फबाट अपेक्षित सहयोग, समन्वय र सहजीकण प्रस्तुतिकरण समेत
गरेको थियो । अन्य प्रयोजनको लागि हेटौंडा आएको बखत व्यस्तताकावीच आश्रमको अवलोकन भ्रमणगरिनुले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण अभियानलाई सफल बनाउन इमान्दारीसाथ प्रयत्न गरिरहेको अनुभूति भएको मानवसेवा आश्रमका संस्थापक रामजी अधिकारीले बताए ।
मानवसेवा आश्रम २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य सहित २०६९ सालदेखि नै देशव्यापीरुपमा सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन विताउन विवश अनाथ, अपा·, अशक्त, असहाय, शारीरिक तथा मानसिकरुपमा अति कमजोर मानवहरुको उद्दार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनको सेवामा समर्पित हुँदै आइरहेको सामाजिक संस्था हो । हाल देशभर १९ जिल्लामा २४ ओटा सेवाकेन्द्र सञ्चालनमा रहेको आश्रमले ७७ जिल्लाबाट सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दार गर्दै आइरहेको छ ।







