बकैयामा दुधको ट्याङकर पल्टिदा चालकको मृत्यु
हेटौडा मकवानपुरको बकैया गाउँपालिका –५ तिनतलेमा दुधको ट्याङकर पल्टिदा चालकको मृत्यु भएको छ । बुधवार बिहान हेटौडा बाट छतिवन तर्फ जादै गरेको ना १ घ ५४४ नम्बरको दुध बोक्ने खाली ट्यांकर आफै अनियन्त्रि भई दुर्घटना हुदा चालक हेटौंडा–९ बस्ने ३४ वर्षका सिद्धान्त लामाको मृत्यु भएको हो ।
ट्याङकर सडकबाट १०० मिटर तल खोल्सामा खसेको थियो। ट्याङकरबाट उद्दार गरी अस्पताल पठाईएका चालक लामाको हेटौंडा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । दुर्घटनामा सहचालक धादिङ गजुरी घर भएका ४५ बर्षको प्रेम अधिकारी घाइते रहेको मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले बताएका छन्।







