प्रदेशसभाको एम्बुलेन्स अस्पताललाई हस्तान्तरण

साझाकुरा
२०८० आश्विन १८, बिहीबार ०९:४४

हेटौंडा- बागमती प्रदेशसभाको स्वामित्वमा रहेको एम्बुलेन्स बुधबार मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताललाई हस्तान्तरण गरिएको छ ।प्रदेशसभाका सदस्यलाई आकस्मिक रुपमा उपचारको लागि हेटौंडालगायत विभिन्न अस्पतालमा पु¥याउने उद्देश्यका साथ प्रदेशसभा सचिवालयले खरिद गरेको एम्बुलेन्स हेटौंडा अस्पतालको सहकार्यमा दैनिक संचालनमा ल्याउने सहमति अनुरुप हस्तान्तरण गरिएको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्र्जीले जानकारी दिए ।

एम्बुलेन्स सचिवालयको परिसरमा राखिएको र प्रदेशसभाको बैठक सधैँ संचालन नहुने भएकोले एम्बुलेन्सलाई अन्य बिरामीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले अस्पताललाई हस्तान्तरण गरेको सचिव दर्र्जीले बताए ।सचिव दर्र्जीले प्रदेशसभा संचालन भई प्रदेशसभाको सदस्य लगायत कर्मचारीलाई आकस्मिक सहयोग चाहिएमा नियमित उपलब्ध गराउने गरी अस्पतालसँग सहमति भएको बताए । प्रदेशसभाका सदस्यलगायत कर्मचारीले उपचार सेवाको आवतजावत गर्दा आवश्यक मर्मतसंहार र इन्धन प्रदेशसभा सचिवालयबाटै उपलब्ध गराउने पनि उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*