टंयाकरको ठक्करले पराजुली गम्भीर घाइते
हेटौंडा-मनहरी गाउँपालिका–८ ज्यामिरेमा बिहीबार साँझ ट्याङकरको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पैदलयात्री मनहरी गाउँपालिका–७ बस्ने ५२ बर्र्षीय बिष्णुहरि पराजुली रहेका छन् ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०१२० नम्बरको ट्याङकरले बाटोक्रस गर्दै गरेको पराजुलीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार ट्याङकरको ठक्करबाट पराजुलीको टाउको, खुट्टा र हात चोटमा गम्भीर चोट लागेको छ । उनको उद्दार गरी मनहरी अस्पतालमा लगिएकोमा उपचार सम्भव नभएपछि चितवनतर्फ रिफर गरीएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याङकर र ट्याङकर चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।







