आफ्नै नयाँ भवनमा हेटौंडा–१२ नम्बर वडा कार्यालय

साझाकुरा
२०८० आश्विन १९, शुक्रबार १०:१२

हेटौंडा-भाडाको घरमा रहेर जनतालाई सेवा दिँदै आएको १२ नम्बर वडा कार्यालय नयाँ भवनमा सरेको छ । हेटौंडा उपमहानगरपालिकाले एक बर्ष अघि ठेक्कामार्फत निर्माण थालेको भवनको बिहीवार उद्घाटन गरेसँगै वडा कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेको हो ।भवनको हेटौंडा उपमहानगरपालिका नगरप्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । नवनिर्मित कार्यालयको उद्घाटन गर्दै नगरप्रमुख लामाले भवनसँगै जनतालाई दिने सेवामा समस्या नबनाउँन आग्रह गरीन् ।

उनले उपमहानरमा भवन निर्माण हुन बाँकी वडाहरुमा पनि भवन निर्माणका लागि बजेट बिनियोजन भएको बताइन् । बिस्तारै नगरका सबै वडाहरु आफ्नै भवनबाट सुबिधा दिने अवस्थामा पुग्ने उनको भनाई थियो । उपमहानगरभित्र रहेका जनतालाई सहज सुविधा प्रदान गर्न उपमहानगर लागि पर्ने प्रतिबद्धता जनाइन् ।पदमपोखरी खानेपानी तथा सरसफाई उपभोतmा समितिले उपलव्ध गराएको २ कठ्ठा जग्गामा भवन निर्माण गरिएका हो ।

उपमहानगरपालिकाको ७० लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको १२ नम्बर वडा कार्यालयका सचिव रामलाल थिङले बताए । कार्यक्रममा १२ नम्बर वडाका सदस्य रुक्मिनी गोङ्बा, उपमहानगरपालिका सहरी तथा पूर्वाधार महाशाखाका प्रमुख सत्यनारायण साह, सूनौलो टोल विकास संस्थाका अध्यक्ष महानन्द सापकोटा, पदमपोखरी खानेपानी तथा सरसफाई उपभोक्तmा समितिका अध्यक्ष टोलप्रसाद दंगाललगायतले मन्तव्य राखेका थिए । कार्यक्रम १२ नम्बर वडाका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*