कुर्ले कृषि सहकारीको ११ औं वार्षिक साधारणसभा
हेटौंडा-मकवानपुरगढी गाउँपालिका–२ स्थित कुर्ले कृषि सहकारी संस्थाको ११ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष अम्विका गजुरेलको अध्यक्षतामा भएकोसाधारणसभामा वडाअध्यक्ष बखानसिं पाख्रिनको प्रमुख आतिथ्यता थियो ।सहकारीमा ८५ जना शेयर सदस्य छन् । मकवानपुरगढी गाउँपालिका–२ लाई कार्यक्षेत्र बनाएर किसानलाई कृषि पेशामा निरन्तर लागिरहन पुलको काम गर्दै आएको वडाअध्यक्ष पाख्रिनले बताए । सदस्यलाई क्रियाशील बनाएर यस कामलाई निरन्तरता दिन आग्रह गरे ।
सहकारीले यस क्षेत्रमा किसानलाई कृषिमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको अध्यक्ष गजुरेलले बताइन् । यस सहकारीले सदस्यलाई समय समयमा गोठसुधार कार्यक्रम, टनेल कार्यक्रम, मल वीउलगायत कृषि औजारहरु अनुदानमा वितरण गर्दै आएको उनले बताइन् । सदस्यले उत्पादन गर्दै आएका अनाजलाई सहकारीले खरिद विक्री पनि गर्दै आएको उनको भनाई छ ।यस सभाबाट कृष्णप्रसाद हुमागाईको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरिएको छ । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरी, महाकाली दुग्ध सहकारी, बशं गोपाल बहुउद्देश्य सहकारी, श्रमिक दुग्ध सहकारी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।







