रातोमाटेबाट ६० हजारको अवैध सामान बरामद

साझाकुरा
२०८० आश्विन १९, शुक्रबार १०:३७

हेटौंडा-भन्सार छलेर ल्याएको अवैध चकलेट, जुत्तालगायतका सामान जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधवार राति बरामद गरेको छ ।प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोष्टबाट ६० हजार ६ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो । प्रहरीले बुधबार राती ११ बजेर ५० मिनेटको समयमा सर्लाहीबाट काठमाडौं जानको लागि हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ७०९९ नम्बरको बसमा जाँच गर्दा बसमा लुकाएर ल्इयाएको अवैध सामान बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । बसबाट प्रहरीले ४० प्याकेट चकलेट र ३५ जोर जुत्ता फेला पारेको हो । अवैध सामान नियन्त्रणमा लिई बसलाई गन्तव्यतर्फ पठाइएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*