निजामति ऐनको विषयमा हेटौंडा उपमहानगरका कर्मचारी आन्दोलित

साझाकुरा
२०८० आश्विन २०, शनिबार ०८:२२

हेटौंडा- हेटौंडा उपमहानगरपालिकामाकार्यरत कर्मचारीहरुले निजामतिसेवा ऐनको विषयलाई लिएरविरोध गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।सरकारले एकीकृत निजामति संघीय निजामति सेवा ऐनलाई छोडेर एकीकृत निजामति सेवा ऐन जारी गरिनुपर्ने लगायतका मागहरु राख्दै उपमहानगरपालिकामा कार्यरत कर्मचारीले दबाबमूलक विरोधका कार्यक्रम अघि सारेका हुन् । देशभरका स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलित बनिरहेका बेला हेटौंडा उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुले शुक्रबार कालोपट्टी बाँधेर काम गरेका छन् ।

स्थानीय तहको प्रमुख प्रशासकीय अधिको पद स्थानीय सेवाको रहने गरी व्यवस्था गरिनुपर्ने, निजामतिको परिभाषा मित्र स्थानीय तहका कर्मचारीहरुलाई समेत समेटिनु पर्ने, बिनासहमति ७ सय ५३ वटै स्थानीय तहमा वैज्ञानिक पूर्वानुमानयोग्य प्रणालीमा सरुवा गरिनु पर्ने, समायोजनका कर्मचारीहरुको सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पालना गरी उचित व्यवस्थापन गरिनुपर्नेलगायतका माग कर्मचारीहरुले अघि सारेका छन् । संघीय सरकारले ल्याउँदै गरेको निजामति ऐनमा आफ्ना मागहरु समेट्न कर्मचारीहरुले दबाब दिएका हुन् ।

उपमहानगरपालिकाका लेखाअधिकृत केशव हुमागाईंले आफ्ना मागहरु सम्बोधन गर्दै छिटो ऐन जारी गर्न दबाब दिने उद्देश्यले आन्दोलन थालिएको बताए । संघीय निजामति सेवा ऐन नबन्दा सबैभन्दा पीडित स्थानीय तहका कर्मचारी भएकोले आफूहरुका माग समेटेर विधेयक पारित हुनुपर्ने बताए ।तीनै तहका कर्मचारीको समान वृत्तिविकासको व्यवस्था गरिनु पर्ने, स्थानीय तहमा कार्यरत कर्मचारीहरुको कर्मचारी कल्याणकोषको अनिवार्य व्यवस्था गर्नु पर्ने, स्थानीय सेवाका कर्मचारीहरुलाई निजामति अस्पतालबाट प्राप्त हुने सेवासुविधामा सहुलियत उपलब्धगराउनु पर्नेलगायतका माग पनि अघि सारिएको छ । उनीहरुले सरुवा प्रणाली, तालिम, बढुवा, सेवा सुरक्षालगायतका विषय पनि उठान गरेका छन् । आफ्ना मागहरु पूरा नहुँदासम्म विरोधका कार्यक्रमलाई निरन्तरता दिइने कर्मचारीहरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*