हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग्याउने स्वास्थ्यमन्त्री बस्नेतको संकेत

साझाकुरा
२०८० आश्विन २१, आईतवार ०९:१५

 हेटौंडा- संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताल अलग्याउने संकेत गरेका छन् ।शनिवार हेटौंडा–२, स्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले प्रतिष्ठान बनाएर मदन भण्डारीको नाम राखेकोप्रति पनि आपत्ति जनाए । उनले जिल्ला अस्पताललाई कसैको नाम जोडेर अस्तित्व समाप्न पार्न नपाइने बताए । पत्रकारहरुले अस्पताललाई प्रतिष्ठानबाट अलग्याउनुपर्छ भन्ने आवाज प्रदेशसभा सम्मै पुगेकोमा संघीय सकारकोधारणा माग गरेका थिए । जवाफमा मन्त्री बस्नेतले कसैको नाम जोडेर संघीय सरकार मातहत अस्पतालको अस्थित्व समाप्त पार्न नहुने घुमारोसँग भनेका हुन् । ‘कसैको नाम जोडेर हुँदैन । प्रतिष्ठान बनाएर नाम राख्न हामीलाई पनि मन छ ।’, बस्नेतले भने ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर प्रदेश मातहत ल्याइएको थियो । बागमती प्रदेश सरकार मातहतको प्रतिष्ठानले हेटौंडा अस्पताल सञ्चालन गरिरहेको छ । अस्पतालले हाल नयाँ भवनबाट सेवाप्रदान गरिरहेको छ । नयाँ भवन प्रतिष्ठानकै नाममा प्रदेश सरकारले निर्माण गरेको थियो ।यसअघिका मुख्यमन्त्री
राजेन्द्रप्रसाद पाण्डेले पनि अस्पताललाई प्रतिष्ठानबाट अलग गराउने गरी विधेयक संशोधन प्रस्ताव प्रदेशसभामा लगेका थिए । पाण्डे सरकारले प्रतिष्ठानबाट अस्पताल अलग्याउन खोजेपछि प्रदेशसभा बैठक ४ दिनसम्म नेकपा एमालेले अवरुद्धगरेको थियो । तत्कालीन प्रदेशसरकारले हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग्याएर पुरानै अस्तव्यस्तको अवस्थामा ल्याउन खोजेको भन्दै हेटौंडामा सडक आन्दोलन नै निस्किएको थियो ।

प्रतिष्ठानबाट हेटौंडा अस्पताल अलग्याउने विषयमा प्रदेश सरकारसँग समन्वय गर्ने स्वास्थ्य मन्त्री बस्नेतको भनाई छ । प्रतिष्ठान र अस्पतालको विषयमा प्रदेश सरकार मातहतमा पनि छलफल चलिरहेको बताउँदै मन्त्री बस्नेतले संघीय सरकारमा कुरा उठेको बताए । हेटौंडा अस्पताल संघीय सरकार मातहतमै चल्नुपर्ने उनको भनाई छ । ‘प्रतिष्ठानबाट छुट्टै हुनुपर्छ भन्ने कुरा छ । यसको स्तरोन्नति हुनुपर्छ ।’, उनले भने ।हेटौंडामा पनि विगतको महिनादेखि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पताल प्रतिष्ठानबाट अलग्याएर संघीय सरकार मातहत ल्याउन अस्पतालका पूर्वअध्यक्षदेखि सत्ता गठबन्धनमा रहेका दलका जिल्ला तहका पदाधिकारीहरु प्रदेश सरकारको ध्यानाकर्षण गराइरहेका छन् । यसअघि गत आइतबार अस्पतालाई प्रतिष्ठान अन्तर्गतबाट हटाएर संघीय सरकार मातहत नै राख्न आग्रह गर्दै नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महत, नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रिन, नेकपा एस मकवानपुरका सचिव ध्रुव भुजेल र अस्पतालका पूर्वअध्यक्ष प्रकाश पौडेलले प्रदेशसभामा पुगेर मन्त्री तथा सांसदहरुलाई ज्ञापनपत्र बुझाएकादिए ।

यसैगरी, शनिवार हेटौंडामा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री बस्नेतले नागरिकहरु स्वास्थ्य उपचार नपाएर मर्नु पर्ने अवस्था नआउने दाबी गरेका छन् ।सरकारले नागरिकमा सहज स्वास्थ्यसेवाको पहुँच पु¥याउने काम गरिरहेको दाबी गरे । सरकारी र निजी दुवै स्वास्थ्य संस्थालाईनागरिकको उपचारका लागि सहज र सुलभ सेवाप्रवाहको व्यवस्था मिलाउन निर्देशन दिइएको उनको भनाइ छ । मन्त्री बस्नेतले पछिल्लो समयमा चिकित्सकमाथि भएका आक्रमणका घटनाका विषयमासरकार र मन्त्रालय गम्भीर रहेको र त्यस्ता घटनामा संलग्नहरुलाई पक्राउ गरी कानुनअनुसार कारबाहीको दायरामा ल्याउने काम भइरहेको बताए । चिकित्सक र स्वास्थ्यकर्मी माथि भएका आक्रमणमा छानबीन गरी कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाई छ ।

मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन आवश्यकरहेको बताए । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ मा नवनिर्मित सिद्धस्थली ग्रामीण सामुदायिक अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा नीतिगत सुधारका लागि ऐन संशोधन आवश्यकरहेको औंल्याए । उनले चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न हालको ऐनमा भएका कमिकमजोरी संशोधन गर्नुपर्ने उनको भनाई छ । ऐन संशोधनका विषयमा प्रधानमन्त्री सकारात्मक रहेको र ऐन संशोधन प्रक्रिया अगाडि बढेको उनले जानकारी दिए । चिकित्सा शिक्षा ऐन संशोधन नभए डाक्टर, नर्सहरुलाई मुलुकमा टिकाउन नसक्ने र जनताले सहज उपचार पाउन नसक्ने अवस्था रहेको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*