सिद्धस्थली सामुदायिक अस्पतालको नवनिर्मित भवन उद्घाटन

साझाकुरा
२०८० आश्विन २१, आईतवार ०९:२२

हेटौंडा उपमहानगरपालिका–६ स्थित रामनगरमा रहेको सिद्धस्थली ग्रामीण सामुदायिक अस्पतालको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले शनिवार अस्पतालको नयाँ भवन उद्घाटन गरेका हुन् । अस्पतालका अध्यक्ष डा. अबन गौतमको प्रयासबाट सिंगो अस्पताल बनेको भन्दै मन्त्री बस्नेतले डा. गौतम र सिंगो टिमलाई सरकारका तर्फबाट आभार व्यक्त गरेका छन् । अध्यक्ष गौतमले अस्पताल स्थापना र सञ्चालनका लागि देश तथा विदेशमा आर्थिक सहयोगको लागि पहल गर्ने सबैमा आभार व्यक्त गरे ।

अस्पताल सञ्चालन पश्चात थोरै सेवाशुल्क मार्फत् जम्मा भएको रकमले अस्पतालको उद्देश्य र कार्यक्रममा पुनःप्रयोग गरिने भन्दै अहिलेसम्म यस अवधिमा भवनको लागत करिब ५ करोड खर्च भएको अध्यक्ष गौतमले जानकारी दिए ।अस्पताललाई डाईरेक्ट रिलिफबाट प्रारम्भिक सहयोग तीन करोड ६३ लाख र बाँकी च्यारिटी गरेर अन्य संस्था चान्स फर नेपालबाट सहयोग जुटाई निर्माण गरेको जनाइएको छ । छिटै सेवा संचालनमा आउने तयारीमा रहेको अस्पतालमा आफ्नै अक्सिजन प्लाण्ट रहेको विद्युतका लागि सय केभीए बराबरको सोलार जडान गरिएको छ । अस्पतालमा १५ शैयाको वेड रहने र जनरल ओपीडि, कन्सल्लटेन्ट, ओपीडि, दन्तसेवा, एक्सरे, अल्ट्रासाउण्ड, फार्मेसी, ल्याबका साथै ईमरजेन्सी सेवाहरु दिने लक्ष्य रहेको गौतमले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*