थाहा नगरपालिकामा कन्टेनर पल्टिँदा चालक श्रेष्ठको मृत्यु
हेटौंडा- मकवानपुरको उत्तरीक्षेत्रस्थित थाहा नगरपालिका–१ कुन्छालमा शनिबार बिहान कन्टेनर गाडी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।कन्टेनर चालक नुवाकोट बेलकोट नगरपालिका–५ बस्ने ४२ बर्र्षीय दीप श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । त्रिभुवनराजपथ हुँदै हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको जाँदै गरेको ना ६ ख ३९८७ नम्बरको कन्टेनर गाडी मोडमा आफैं अनियन्त्रित भएर दुर्घटना भएको मकवानपुरका प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।कन्टेनर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको उनले बताए । प्रहरीका अनुसार कन्टेनर घट्नास्थलमा रहेको छ । घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।







