बागमती प्रदेश उद्योग परिसंघको अध्यक्षमा पोखरेल
हेटौंडा- हेटौंडाका उद्योगी लेखराज पोखरेल बागमती प्रदेश उद्योग परिसंघको अध्यक्षमा चयन भएका छन् । शनिबार हेटौंडामा भएको परिसंघको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।परिसंघका अध्यक्ष भेषराज दवाडीको अध्यक्षतामा भएको अधिवेशनमा बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता रहेको थियो । अधिवेशनबाट परिसंघको वरिष्ठ उपाध्यक्षमा त्रिलोचन कँडेल, उपाध्यक्षमा स्वागतराज प्याकुरेल, दिवस न्यौपाने र सूर्यप्रसाद न्यौपाने चयन भएका छन् ।
यसैगरी सदस्यमा बद्रीनाथ शर्मा, सुयशराज पराजुली, श्रीहरि मास्के, धिरजकुमार कार्र्की क्षेत्री, शरदचन्द्र भट्टराई, शिरोमणि प्याकुरेल, सृजन कोइराला, राजेन्द्र रिजाल, महेन्द्रबहादुर बानियाँ, दिवश चौलागाई र सुदर्शन अधिकारी रहेका छन् ।परिसंघको पदेन सदस्यमा सिन्धुलीका बलराम अधिकारी, नुवाकोटका राजाराम अधिकारी, महलिा उद्यमी मञ्चकी चन्दना कोइराला र युवाउद्यमी मञ्चका अमर घिमिरे रहेका छन् ।
यसैगरी बागमती प्रदेश महिला उद्यमी मञ्चको संयोजकमा चन्दना कोइराला चयन भएकी छिन् । सदस्यमा सृजना सोती, कविता श्रेष्ठ, सबिना सडौला र सीता धिताल अधिकारी रहेका छन् । बागमती प्रदेश युवा उद्यमीमञ्चको संयोजकमा अमर घिमिरे चयन भए । सदस्यमा सुरेन्द्र कार्र्की, रविन पोखरेल, सरोज अधिकारी, विजय अधिकारी, दिनेश डंगोल, अनिष पौडेल र आश्विन गोले छन् ।







