कामधेनु सहकारीको साधारणसभा

साझाकुरा
२०८० आश्विन २१, आईतवार ११:१८

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–६, चुच्चेखोलास्थित कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाको शनिवार २५ औं वार्षिक साधारणसभा भएको छ । हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता एवम् सहकारीका अध्यक्ष उदय विडारीको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारण सभामा संस्थापक अध्यक्ष बासुदेव सापकोटा, पूर्वअध्यक्ष कुमारमणि दहाल, निवर्तमान अध्यक्ष गौरवकुमार पराजुली, सल्लाहकार हिमाल पौडेललाई सम्मानित गरिएको थियो । यसैगरी संस्थापक शेयरसदस्य मिश्रीदेवी न्यौपाने, सावित्री न्यौपाने, हेटौंडा–६ का वडासचिव आमोदप्रसाद मैनाली, पत्रकार गणेशदर्पण अधिकारी, समाजसेवी तथा व्यवसायी राजु गुरुङ, एकल महिला शर्मिला मानन्धरलाई समेत सम्मानित गरिएको थियो ।

भेलामा २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने आर्दित तिमल्सिना, विनिता दाहाल, बढी ब्याज बुझाउने बुद्धरत्न मानन्धर, बढी सेवाशुल्क बुझाउने लिलाकुमारी आचार्य, खुत्रुकेमा बढी रकम जम्मा गर्ने आदेश गौतम र प्रकृति पराजुली र एकैदिन सदस्यता लिने दम्पतीलाई समेत सम्मानित गरिएको थियो । साधारणसभामा अध्यक्ष विडारीले संस्थागत प्रतिवेदन, ऋण उपसमिति संयोजक उदय प्रकाश दहालले ऋण उपसमितिको प्रतिवेदन, लेखासंयोजक केदारप्रसाद गौतमले लेखासमितिको प्रतिवेदन, खुत्रुके बचत उपसमिति संयोजक अम्विका सापकोटाले खुत्रुके बचत उपसमितिको प्रतिवेदन र व्यवस्थापक भीमसेन पौडेलले चालु आव ०८०÷८१ को लागि २ करोड ४२ लाखको अनुमानित बजेट पेशगरेका थिए ।

साधारणसभामा हेटौंडा–६ का वडाअध्यक्ष विष्णुबहादुर दाहाल, वडासदस्य विजय पौडेल, हेटौंडा उपमहानगर सहकारी शाखाप्रमुख हिमप्रसाद पौडेल, मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघ अध्यक्ष रामहरि न्यौपाने, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, नौलो विहानी कृषि सहकारीका अध्यक्ष भरत सापकोटा, नारीचेतना सहकारीकी अध्यक्ष राधिका गौतम, प्रगतिशील महिला आपसी विकास संस्थाकी अध्यक्ष बनारसी उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*